लिथियम स्रोत र भण्डारमा चीनले छलाङ मार्दै

लिथियम स्रोत र भण्डारमा चीनले छलाङ मार्दै
सुन्नुहोस्

लिथियम खोज, अनुसन्धान तथा उत्पादनले गति लिँदा चीन विश्वमै सबैभन्दा बढी लिथियम भण्डार रहेको राष्ट्र बन्न पुगेको छ । चीनको प्राकृतिक स्रोत मन्त्रालय अन्तरगतको चिनियाँ भौगर्भिक सर्भेका अनुसार त्यहाँको लिथियम भण्डार विश्वको ६ प्रतिशतबाट बढेर १६.५ प्रतिशत पुगेको छ । 

यसबाट अब चीन लिथियम भण्डारका हिसाबले विश्वको छैठौंबाट विश्वकै दोस्रो धनी हुने भएको छ । चीनको पश्चिम भागमा हालै विश्वस्तरको स्पोडुमिन प्रकारको दुई हजार ८०० किमी लामो लिथियम बेल्ट पत्ता लागेको छ । चीनको छिङ्घाई –सिचाङ पठार क्षेत्रमा रहेको विश्वकै ठूलोमध्येको एक छिङहाई ताल वरपर लिथियम स्रोतहरु भेटिएको उल्लेख छ । 

लिथियम विभिन्न किसिमका उद्योगमा प्रयोग हुने, विद्युतीय सवारी साधन, उर्जा सञ्चिति प्रणाली, मोबाइल सञ्चार, चिकित्सा उपचार तथा आणविक ऊर्जालगायतमा प्रयोगमा आउने अत्यन्त उपयोगी तत्व हो । यस खोजले चीनलाई आयातको सट्टा आत्मनिर्भरसँगै विश्व बजारमा आपूर्तिसमेत गर्नसक्ने स्थितिमा पुर्याउने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू