आशिकाले प्रहरीलाई थर्काएको भिडियो भाइरल

आशिकाले प्रहरीलाई थर्काएको भिडियो भाइरल
सुन्नुहोस्

आफूलाई सामाजिक अभियन्ता दावी गर्दै आएकी आशिका तामाङले प्रहरीसँग लफडा गरेकी छन् । उनले ड्युटीमा खटिएका प्रहरीलाई दलाल भन्दै उनले हप्कीदप्की गरेकी हुन् । 
 
हिजो दिउँसो पशुपति मन्दिरका सफाईकर्मीको प्रदर्शनमा समर्थन गर्न पुगेकी तामाङ र प्रहरीबीच शुरुमा भनाभन भएको थियो । सार्वजनिक एक भिडियोमा प्रहरीले सम्झाउन खोज्दा उनले उल्टै औंलो ठड्याएर जाइलाग्न खोजेको देखिन्छ । 

शुरुमा पदर्शनकारीहरुले पशुपति क्षेत्र विकास कोषको नेतृत्वसँग कुरा गर्ने भन्दै कार्यालय प्रवेश गर्न खोजेका थिए । तर, प्रहरीले उनीहरुलाई गेटभित्र प्रवेश गर्न दिएन । सोहीक्रममा तामाङले ‘यो सरकारी कार्यालय हो, सरकारी समयमा जो कोही नागरिक पनि भित्र जान पाउनुपर्छ’ भन्दै आक्रोश पोखेकी थिइन् । 

प्रहरीले ‘तपाई बढी नहुनुहोस्, हावा...’ भन्दै जवाफ फर्काएको भिडियोमा सुन्न सकिन्छ । त्यसपछि तामाङले झन् आक्रमक बन्दै भनेकी छन्, ‘बरु तपाई चाहिँ बढी नहुनुहोस्, हावा रे...दलालहरु । बर्दि लगाको छ....समय हेर्नुस् त (कसैलाई इशारा गर्दै) यो सरकारी समय हो । हामी पनि यो देशका नागरिक हौँ, सरकारी समयमा भित्र जान पाइने कि नपाइने ? ’

तामाङ र प्रहरीबीच बाझाबाझ चलिरहेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । कतिपयले तामाङलाई ‘हातमा कानुन ल्याएको’ भन्दै आलोचना गरेका छन् भने केहिले उनको कुरालाई ‘सकारात्मक’ भनेका छन् । 

तामाङले विभिन्न वेथितिविरुद्ध आवाज उठाएको भिडियो बनाएर सामजिक सञ्जालमा पोस्ट गर्दै आएकी छन् । उनले उठाएको विषय सही भए पनि तरिका भने कानुन र विधिसम्मत देखिंदैन । पछिल्लो समय नयाँ बसर्पाकस्थित पुलमुनि शौचालय गर्नेहरुको भिडियो बनाएर हालेपछि उनी थप विवादमा तानिएकी छन् ।

भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://fb.watch/w-9W-GWYxj/

टिप्पणीहरू