उल्टो बाटोमा हिँड्न थाल्यो है देश

उल्टो बाटोमा हिँड्न थाल्यो है देश
सुन्नुहोस्

विराट अनुपम

त्रिभुवन विश्वविद्यालय (टियु) को ५०औं दीक्षान्त समारोहको माहोल तातै र ताजै छ । दीक्षान्त समारोहका तस्बिर, भिडियो र शब्दहरूले सामाजिक सञ्जाल भरिभराउ छन्। मिडिया र सोसल मिडियामा विभिन्न कोणबाट चर्चा भएका छन्। पत्रकार रञ्जित तामाङ रोचक टिप्पणी गर्छन्, ‘टियु टपरहरूले देशभित्रै अवसर छ भनेको सुन्दा पनि सिधै झुटो बोलेजस्तो लाग्छ । तिनले त झुट बोल्छन् भने हामीजस्ता थर्ड डिभिजनका लाष्ट बेञ्चरहरूको हालत के होला रु’ नेपालमा बढेको बेरोजगारी, सामान्य जागिरमा देखिने असामान्य भीड, विदेश जानेको लर्को लेखाजोखा गर्दा तामाङको कुरामा दम छ । देशमा प्लस टु पछि विद्यार्थी ह्वात्तै घट्ने र विदेश जाने बढ्ने गणितको चित्रले पनि उनको कुरामा दम देखाउँछ ।

जीवनको कुनै न कुनै कोणमा पुगेर भनेजस्तो जागिर नपाउनेहरू, जागिर पाएर पनि योग्यता र आवश्यकताअनुसारको तलब नपाएर, सबैथोक पाएर पनि आफ्नो र सन्तानको भविष्यको सपना आकर्षक नदेखेर विदेशिनेहरूको भीड ठूलै छ । तर, एउटा तर्कसँग चाहिँ बिमति राख्न सकिन्छ । टियु वा नेपालको शिक्षा खराब भएर विदेशतिर लर्को लागेको होइन । ठीक त्यसैगरी पहिले टियुका विभिन्न सेक्शनको भीड हुने कारण पनि टियु विश्वकै उत्कृष्ट पढाइ गन्तव्य भएकाले होइन । विदेश जाने अवसर अभाव, आर्थिक अभाव र आधारभूत सूचना अभावले त्यस्तो भएको हो। योचाहिँ सत्य हो जुन अनुपातमा नेपालीहरू विदेश जान खोजिरहेका छन् त्यो सोचनीय कुरा हो।

उदाहरणको लागि ‘बिपी कोइरालाले अदालतमा दिएको बयान’ किताबको पेज नम्बर ८८ मा विदेश जाने नेपालीको आंकडाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले भने, ‘डेढ करोड जनसंख्या भएको देशबाट ५/६ लाख नेपाली विदेश जान्छन् भने उनीहरू राष्ट्रियता र आफ्नो देशको हितका निम्ति लड्लान् भनेर कसरी आशा गर्ने रु’ अहिलेभन्दा आधा जनसंख्या भएको त्यो युगमा ६ लाख नेपाली मात्रै देशबाहिर हुँदा बिपी कोइरालाको त्यो चिन्ता अहिले आधा करोडभन्दा बढी नेपाली विदेश हुँदा झन् कति बढी होला रु अनुमान मात्रै गर्न सक्छौं । दशरथ रंगशालामा खेल्ने खेलाडीजस्तै दशरथ रंगशालाबाट दीक्षित टियुका विद्यार्थी धेरै मात्रामा बाहिरिँदै गरेको देखिन्छ । यो चिन्ताको सवाल हो। यहाँ कुरा गर्न खोजेको चैं बाटोको हो। हालसालै नेपालमा पहिलो संस्करणको नेपाल प्रिमियर। लिग (एनपिएल) सम्पन्न भयो ।

६५ वर्षको उमेर र ५० वर्षको दीक्षान्त कार्यक्रम संस्करणका सबै कुराले टियु नेपालको पठनपाठन, संरचनामा अब्बल हुनुपर्ने थियो। नेपालमा विदेशी विद्यार्थी पढ्न आउने गन्तव्य बन्नुपर्ने थियो।

क्रिकेटको विश्वस्तरीय मैदानको रूपमा टियु क्षेत्र प्रयोग भयो। तर, त्यहींको दीक्षान्त समारोहमा हजारौं विद्यार्थीलाई चाहिँ त्रिपुरश्वरको दशरथ रंगशालामा ल्याएर दीक्षान्त गर्नुपर्ने बाध्यता आइलाग्यो। आधा शताब्दीऔं संस्करणको दीक्षान्त समारोहमा पनि टियुजस्तो विशाल विश्वविद्यालयले आफ्ना संरचनामा कार्यक्रम गर्न नसक्नु आफैंमा नेपाली राजनीतिक र शिक्षा क्षेत्रको कमजोर उपस्थिति हो।मूलतः राणा र राजाको उपहार हो टियु। २००५ सालमा पहिलोपटक सार्वजनिक मन्तव्यमा अन्तिम राणा प्रधानमन्त्री मोहनसमशेरले विश्वविद्यालयको प्रसंग कोट्याएका थिए । जेठ १४ को सिन्दुरयात्रा मन्तव्यमा उनले भनेका थिए, ‘उच्च शिक्षा अत्यन्तै आवश्यक छ र यसैको हेतु हामी नेपालमा एक विश्वविद्यालय स्थापना गर्न चाहन्छौँ ।’ उनले २००६ माघ १० मा पनि विश्वविद्यालयको कुरा गरेका थिए । २५ सदस्यीय विश्वविद्यालय योजना सभा मृगेन्द्रसमशेरको नेतृत्वमा बनाएर देशलाई प्रथम विश्वविद्यालय दिने कुराको जननी अन्तिम राणा प्रधानमन्त्री हुन्। २०१२ चैत २९ मा त्रिभुवनको प्रथम पुण्यतिथिमा विश्वविद्यालय खोल्ने घोषणा गर्नेदेखि २०१५ असार ९ मा शिलान्यास गर्ने त्रिभुवनका दुई रानीहरू कान्ति र इश्वरी थिए । यसरी विश्वविद्यालयको जगको कामको मूल जस राणा र राजाकै हो। २०१६ जेठ २५ मा त्रिभुवन विश्वविद्यालय ऐन जारी भएर बन्ने प्रथम कुलपति रानी कान्ति नै थिइन्। सहकुलपति अर्की रानी ईश्वरी रहिन्। कांग्रेस सरकार बनेकाले त्यो समयमा उपकुलपति हुन

पुगे कांग्रेस नेता सुवर्णसमशेर । गोरखापत्रका विभिन्न संस्करण, विभिन्न खोज अनुसन्धान गर्ने लोकरञ्जन पराजुलीलगायतले गरेको खोजले टियु बन्नुमा राणा र राजा पक्षकै नेतृत्वदायी भूमिका देखाउँछन्। रानीहरूले ३७५ रोपनी जग्गा दिनु पनि उनीहरूको योगदानको एक विम्ब हो। नेपाल भर्खर शिक्षामा वामे  सर्दै गरको  अवस्था र प्रतिव्यक्ति आय कमजोर भएको युगमा खोलिएको टियुको त्यो संरचना, ती सबै गौरवका कुरा हुन्। तर, त्यसपछि जुन रूपमा टियुले आफूलाई लानुपर्ने हो लान सकेन । ६५ वर्षको उमेर र ५० वर्षको दीक्षान्त कार्यक्रम संस्करणका सबै कुराले टियु नेपालको पठनपाठन, संरचनामा अब्बल हुनुपर्ने थियो। नेपालमा विदेशी विद्यार्थी पढ्न आउने गन्तव्य बन्नुपर्ने थियो।

टियु संस्थापनाको सपनालाई अझ बढाएर नेपालको शैक्षिक सफ्ट पावरको सबैभन्दा गर्विलो संस्था हुनुपर्ने थियो। परीक्षाको गोलमाल, राजनीतिको गञ्जागोल, शैक्षिक क्यालेण्डरको अस्थिरता, नतिजा प्रकाशनका बिलम्ब, रोजगार र अनुसन्धानमा जोड्ने विश्वस्तरीय प्याकेजको कमजोरी जस्ता कुराले टियुलाई कमजोर बनाएका छन्। टियुलाई विश्वले मान्ने विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्मी उत्पादन केन्द्र बनाउने सपना असफल हुने पनि होइन । केही सुन्दर मानक छन्। केही सुन्दर उदाहरण छन् तर ती जस्ता अपवाद थोर छन्  । तिनको मात्रा बढाउन आवश्यक छ । तिनको गुणस्तर बढाउन आवश्यक छ । टियुलाई नेपाली विश्वविद्यालय विरासतको सर्वोत्कृष्ट विम्ब र नेपाली शैक्षिक सफ्टपावरको हब बनाउन सरकार र सरोकारवालाहरू लाग्नुको विकल्प छैन । त्यसका लागि सरकारले बजेट र विश्वविद्यालय नेतृत्वले व्यवस्थापन बलियो र चुस्त बनाए पुग्छ । देशको राजनीतिक नेतृत्व तथा प्राज्ञिक नेतृत्वले आफ्नो प्रोफाइल बढाउन विश्वविद्यालयलाई प्रयोग गर्नेहोइन, विश्वविद्यालयको प्रोफाइल बढाउन आफ्नो प्रोफाइललाई प्रयोग गर्नुपर्यो ।

टिप्पणीहरू