शपथको मुखमा ट्रम्पलाई अर्बौैं डलर आम्दानी
अमेरिकी राष्ट्रपतिको शपथ लिनुअघि डोनाल्ड ट्रम्पले एउटा घोषणाबाट अर्बौं डलर कमाएका छन् । आफ्नै क्रिप्टोकरेन्सी घोषणाका कारण केही घण्टामै उनलाई अर्बौं डलर हात परेको हो ।
मिम कोइन नामक उक्त क्रिप्टोबारे ट्रम्पले राष्ट्रपतिको शपथ लिनुअघि घोषणा गरेका थिए । उक्त डिजिटल मुद्रा बिटकोइनको मूल्य एक लाख डलर नाघिसकेको छ । घोषणालगत्तै उक्त बिट क्वाइनको कूल पुँजी ५.५ अर्ब डलर पुगेको छ ।
ट्रम्प अर्गनाइजेशनको एउटा कम्पनीले जारी गरेको उक्त मुद्रालाई भोलिदेखि पद बहाली गर्ने राष्ट्रपतिले विश्वव्यापी घोषणा गरेका हुन् । उक्त कम्पनीले विगतमा ट्रम्प ब्राण्डको जुत्ता र पर्फ्युमको व्यापार गर्थ्यो ।
टिप्पणीहरू