डिभोर्सपछि रहर पूरा गर्दै उषा खड्गी

डिभोर्सपछि रहर पूरा गर्दै उषा खड्गी
सुन्नुहोस्

मनभित्र इच्छाशक्ति हुनुपर्छ आँटेको पुग्छ, भनिन्छ । त्यसको एउटा उदाहरण हुन् उषा खड्गी । 

नेपालको सातौँ मिस नेपाल (सन् २००७) उनी उमेरले ४५ वर्ष टेकिसकिन् । तर, हेर्दा भने उनी ३०, ३२ कै देखिन्छिन् । फिल्मा निर्माता/निर्देशकले समेत उनको उमेर भुलेको पाइन्छ । गत वर्ष एक स्थापित निर्देशकले भनेका थिए, ‘तन्नेरी हिरोइनलाई माथ खुवाउन उहाँ(उषा)को सुन्दरतालाई फिल्ममा देखाउन मन छ ।'

उनै उषा अहिले एकैचोटी दुई चलचित्रमा काम गरिरहेकी छन् । महानायक राजेश हमाल, नीति शाहलगायतको अभिनय रहने ‘नरसिंहाः अवतार’ र अनमोल केसी, जसिता गुरुङ मुख्य भूमिकामा रहने भनिएको ‘जेरी अन टप’मा देखिन लागेकी हुन् । रोचक के भने, मनोरञ्जन क्षेत्रमा झण्डै तीन दशक बिताइसकेकी उनले फिल्ममा काम गरेको भने यो पहिलोपल्ट हो । 

मिस नेपालको उपाधी जितेलगत्तै चलचित्रमा आउने उनको योजनामा श्रीमान जिपी तिमिल्सना बाधक बनेको निकटस्थहरु बताउँछन् । श्रीमानले नियन्त्रणमा राख्न खोजेको र घरेलु हिंसा गरेको भन्दै उषाले ०७६ सालमा डिभोर्स गरिसकेकी छन् । दुई सन्तानकी आमा उनलाई श्रीमानसँग छुटेपछि फिल्ममा डेब्यु गर्ने मौका मिल्यो । 

उद्यमीसमेत रहेकी उषा वर्षौ पुरानो रहर पूरा गर्न प्रयासरत छिन् । तर, उनको प्रयासलाई दर्शकले कत्तिको साथ दिन्छन्, त्यो भने पछि नै थाहा हुनेछ ।

टिप्पणीहरू