अछामका किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव मूल कारण

अछामका किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव मूल कारण

अछाममा अघिल्लो साता भएको दुई किशोरीको हत्या यौन प्रस्ताव अस्वीकारपछि गरिएको रहस्य खुलेको छ । ढकारी गाउँपालिका– ८ कि सरस्वती खड्का र ईशरा खड्काको हत्यामा संलग्न भनिएका दुई किशोरको बयानबाट उक्त पुष्टि भएको बताइन्छ । 

किशोरीहरुले यौन प्रस्ताव अस्वीकार गर्दा जंगलको फेद र खोलाको छेउमा हत्या भएको तथ्य खुलेको हो ।

अछाम प्रहरीले आज गरेको पत्रकार सम्मेलनमा १७ र १५ वर्षका दुई जना किशोरले ती किशोरीहरुको गरेको स्वीकारेको उल्लेख गरेको छ ।

माघ ११ गते बाख्रा चराउन गएका दुई जना किशोरी मृत फेला परेपछि किशोरहरु समातिएका थिए । अदालतबाट पाँच दिनको म्याद थपपछिको अनुसन्धानबाट मृत्युको कारण खुलेको हो ।

टिप्पणीहरू