नयाँ बानेश्वरमा झडप, डिएसपी घाइते

नयाँ बानेश्वरमा झडप, डिएसपी घाइते
सुन्नुहोस्

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले निकालेको प्रदर्शनमा झडप भएको छ । नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

टाउकोमा चोट लागेका पौडेलको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

गौशालास्थित पशुपति धर्मशालाबाट ब्यानर, प्लेकार्ड र हलोसहित धर्मशालाबाट निकालिएको र्याली नयाँ बानेश्वरमा पुगेर धर्ना बस्न खोजेपछि झडप भएको बताइन्छ । उनीहरुले जमिनमाथिको द्वैध स्वामित्व अन्त्य गर, मोही पूर्जाको हक सुनिश्चित गर, गुठी ऐन जारी गर, धर्मको नाममा शोषण गर्न पाईंदैनलगायत नारा लगाएका थिए ।

टिप्पणीहरू