अपाङ्ग मैत्री भयो त सडकमा मार्बल ?

अपाङ्ग मैत्री भयो त सडकमा मार्बल ?

इन्जिनियर मेयर बालेन साहले दरबारमार्गमा बिछ्याएको ग्रेनाइटले थप समस्या निम्त्याउँदैछ । काठमाडौं उपत्यकामा पानीको अभाव हुन नदिन ठाउँ ठाउँमा चार्जिङ्ग स्थल बनाउने अभियान छेडेका साहले ग्रेनाइट ओछ्याउँदा चार्जिङ्गको विचारलाई पुरै बेवास्ता गरेको पाइएको छ ।

ढुंगा, इँट वा स्लाबहरु बिछ्याउँदा हुने ग्यापका कारण जमिन रिचार्ज हुने अवस्था हुन्थ्यो तर पुरै ग्रेनाइट हाल्दा पानी कसरी रिचार्ज होला ? ग्रेनाइटमा प्रतिदिन झाडुपोछा गर्न पनि उत्तिकै चुनौतीपूर्ण देखिन्छ भने वर्षायाममा बटुवाहरु चिप्लेर हातखुट्टा भाँच्चिने र टाउको फुट्ने सम्भावना उत्तिकै छ ।

अर्कोतर्फ यो अन्तर्राष्ट्रियस्तरमै दृष्टिविहीनहरुले प्रयोग गर्ने सडक मापदण्ड विपरित देखिएको छ । दृष्टिविहीनका लागि आवश्यक पहेँलो घेरा ग्रेनाइटमा कहाँबाट ल्याएर राख्ने ? भवन होस् वा शौचालय बनाउँदा अपाङ्गतामैत्री बनाउनु पर्छ भनिएको अवस्थामा बालेनले ग्रेनाइट ओछ्याउँदा किन यस्तो सोचेनन् ? अपाङ्गता मैत्री नभएको भवनको नक्सा पास नदिने नीति आफ्नै लागि फेरेको चर्चा छ । 
 

टिप्पणीहरू