चौतारा बहुमुखी क्याम्पसमा तोडफोड

स्ववियु निर्वाचनको विषयलाई लिएर सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।
अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिको उम्मेदवार बनेका अमृत श्रेष्ठले आज बिहान क्याम्पस प्रमुखको कार्यकक्षमा पसेर मारमुंग्री गरेको बताइएको छ । चैत ५ गते स्थगित मतदान प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासनले चासो नदिएको भन्दै क्रान्तिकारी आक्रमणमा उत्रिएको हो ।
निर्वाचनको बिषयलाई लिएर क्रान्तिकारीले हिजो क्याम्पस प्रमुख र प्रशासनमा ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो । विद्यार्थी संगठनहरुबीच साझा सहमति कायम गरेर चैत ११ गतेसम्ममा निकाश दिने प्रतिवद्धता जनाउँदा जनाउँदै क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड हुनु दु:खद कुरा भएको संचालक समितिका एक सदस्यले बताए ।
टिप्पणीहरू