कार्यक्रम राजावादी र गणतन्त्रवादीको,टाउको दुखाइ सिंहदरबारको

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा बैठक बसेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बिहान साढे ८ बजेदेखि बैठक जारी छ ।
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको उपस्थिति छ ।
राजावादीहरुले चैत १५ गते राजधानीमा राजा र राजतन्त्र पुनस्थापनाको माग राख्दै विरोध कार्यक्रम गर्दैछन् । सोही दिन एमाले बाहेकका वामपन्थी दलहरुले पूर्वराजा र राजावादीहरुको गतिविधिको विरोधमा कार्यक्रम राखेका छन् । एमालेले भोलि मुलुकभरका स्थानीय तहको वडामा गणतन्त्रको पक्षमा जनसभा गर्दैछ ।
टिप्पणीहरू