अस्कलको चुनाव : ९ वटा बुथमा डिजिटल भोटिङ

अस्कलको चुनाव : ९ वटा बुथमा डिजिटल भोटिङ
सुन्नुहोस्

काठमाडौंको लैनचरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मतदान जारी रहेको छ ।

५ चैतमा हुनुपर्ने चुनाव विद्यार्थी संगठनबीचको विवादका कारण स्थगित भएपछि आज मतदान भएको हो । बिहान साढे ८ बजेदेखि शुरु भएको मतदानमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ । अहिले शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

अस्कलमा कूल १९ सय ४८ मतदाता छन् भने ९ वटा बुथमा इलेक्ट्रोनिक मेसिनबाट मतदान भैरहेको छ ।

टिप्पणीहरू