पूर्वराजाको चरित्र चित्रण गर्दै राप्रपाको अध्यक्ष बन्न सल्लाह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) अध्यक्ष बन्न सल्लाह दिनुभएको छ ।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ज्ञानेन्द्र संवैधानिक राजा बन्ने लायक नरहेको टिप्पणी गर्नुभयो । कुनै पार्टीमा आवद्ध भएर राजनीति गर्न भने अधिकार भएको देउवाको भनाई छ ।
‘राजनीति नै गर्नु छ भने पार्टी खोले भइहाल्यो नि, तर त्यो पार्टीमा लाग्नेले पनि धेरै दु:ख पाउँछन्’, उहाँले भन्नुभयो, ‘बरु राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ।’
सभापति देउवाले पूर्वराजाको बानी र स्वभाव नै असंवैधानिक तथा अलोकतान्त्रिक भएको पनि बताउनुभयो । ‘यिनको बानी र टेम्पारामेन्ट (स्वभाव)ले कुनै पनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन्, धेरै हल्ला गर्न आवश्यक छैन’, उहाँले थप्नुभयो ।
टिप्पणीहरू