कर्मचारीका कथा

कर्मचारीका कथा

कसैलाई बिरालोले मुसा खेलाएझैं तीन–तीन महिना भकुण्डो बनाउने, केहीले भने एक दशकसम्म सिंहदरबारको ढोकाबाट दायाँ–बायाँ चल्नु नपर्ने ! सायद यही होला मस्त्य न्याय भनेको । संघीय मामिला तथा सामान्य प्रशासनमा कार्यरत झण्डै २५ प्रतिशतभन्दा बढी कर्मचारी पाँचदेखि दश वर्षसम्म मन्त्रालयमै जरा गाडेर बसेको भेटिएको छ । केही यस्ता कर्मचारी छन्, जसले साढे दुई दशकसम्म सिंहदरबारबाट बाहिर जानुपरेको छैन । जनआस्थाले मन्त्रालयमा कार्यरत खरिदारदेखि उपसचिवसम्मका कर्मचारीको विवरण हेर्दा उपसचिव जनकराज शर्मा, महेन्द्रकुमार सापकोटा, मोहनकुमार घिमिरे, बन्दना झा, रूपनारायण खतिवडाहरू सिंहदरबारमै बसिरहेको पाइयो । 

शाखा अधिकृत हरिप्रसाद पौडेल, दिपेश पौडेल, शर्मिला न्यौपाने, लेखनाथ भट्टराई, खगेन्द्र पौडेल, जयराम उप्रेती पनि यही लाइनका हुन् । उपसचिव रूपनारायण भ्रष्टाचारमा ५ वर्ष निलम्बन भई विशेष अदालतबाट मुद्दा जितेर आएका कर्मचारी हुन्, जुन मन्त्री परिवर्तन भए पनि कर्मचारी प्रशासनमै भेटिन्छन् । यसअघि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सरुवामा दररेटै तोकेको भेटिएपछि एकनारायण अर्यालले सरुवा गरेका थिए ।

एकनारायण हटेलगत्तै मन्त्रालय छिरेका उनले अहिले संगठन विकास शाखा सम्हालिरहेका छन् । खतिवडा ०७६ देखि मन्त्रालयमै छन् । यस्तै, उपसचिव रेशमलाल कँडेल ०७३ देखि त्यतै छन् । उनलाई स्थानीय समन्वय शाखाको जिम्मेवारी दिइएको छ । अधिकृत हुँदासम्म पर्यटन मन्त्रालयमा कार्यरत रही पानी बढुवाबाट उक्लिएका मोहनकुमार घिमिरेले सरकारी सेवा प्रवेश गरेको २७ वर्ष भयो र पनि सिंहदरबारको चौघेरो छोडेनन् । यसअघि अमनलाल मोदी मन्त्री हुँदा उनलाई माधव नेपालकै पालिकाको प्रमुख प्रशासकीय अधिकृत तोकिएको थियो । अहिले वातावरणीय तथा विपद् शाखाको जिम्मेवारीमा छन् ।

त्यहाँका रैथानेमा पूर्व ट्रेड युनियन अध्यक्ष गणेश आचार्य, उपसचिव महेन्द्रकुमार सापकोटा, गोविन्द फुँयालदेखि उमेश पराजुली, शेखरनिधि दाहाल हुन् निजामती सेवा ऐनमा बढीमा २ वर्षसम्म मात्रै बस्न पाउने व्यवस्था छ । नासुहरू अक्कलमान महर्जन, रामराज न्यौपाने, नमराज वाग्ले, रामचन्द्र (आरसी) सामान्यकै रैथाने हुन् । नासु रामचन्द्रले ११ वर्षदेखि आन्तरिक व्यवस्थापन शाखा सम्हालिरहेका छन् । उनी हालै एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको महासचिव चुनिएका छन् । उता, निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष केदार देवकोटाहरूले संगठनको कामका लागि भन्दै ७८ लाख चलाएको विषयमा प्रश्न उठाउँदा हालै निवर्तमान बनेका लेखनाथ कोइरालासँग चर्काचर्की परेको खबर छ । 
 

टिप्पणीहरू