के खिचडी पाक्दैछ बिराटनगरमा ?

एमाले महासचिव शंकर पाेखरेलले उद्घाटन गरेकाे प्रेस चाैतारी नेपालकाे राष्ट्रिय अधिवेशनकाे राम्रै चर्चा छ ।
अघिल्लो महिना एमाले पार्टीको सँस्थापन खेमालाई बिनोद ढकाल पक्षले चुनाव हराएको बिराटनगरस्थित हाेटल मनास्लुकाे हलमा हिजो उद्घाटित महाधिवेशनकाे बन्दसत्रमा राति ८ बजे उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मन्तब्य राखेका थिए । दिउँसो महासचिवले राजावादी चलखेलप्रति चिन्ता ब्यक्त गरिरहँदा राति उपमहासचिव गुरुङले एमालेमा आन्तरिक लाेकतन्त्र हराउँदै गएकाेमा चिन्ता ब्यक्त गरे ।
बन्द सत्रमा गणेश बस्नेत नेतृत्वकाे चाैतारी टिम बिघटन भई यतिबेला पार्टीका माेर्चा संगठन प्रमुख भानुभक्त ढकाल संयाेजक रहेकाे अध्यक्ष मण्डलले काम गरिरहेकाे छ ।
राति साढे १२ बजेसम्म विभिन्न प्रतिवेदन पढेर सुनाईएकाे थियाे । महासचिव हिरामान लामाकाे ५० पृष्ठकाे राजनैतिक तथा सांगठानिक प्रतिवेदन, काेषाध्यक्ष ईन्द्र आचार्यकाे आर्थिक प्रतिवेदन हलले पारित गरेकाे छ । मध्यराति अधिकांश खालि कुर्ची भएकाे हलबाट प्रतिवेदन पारित भएता पनि अध्यक्ष मण्ड्लले आज ९ बजेको छलफलमा पुन: पेश गर्ने घाेषणासहित मध्यराती बन्दसत्र स्थगित गरेकाे थियाे ।
महङ्गाे लेबी !
महाधिवेशनमा सहभागी हुन ८ सयभन्दा बढी प्रतिनिधि यतिबेला भेला भएका छन् । दार्चुला,बझाङ,बाजुरादेखि मुस्ताङसम्मका सदस्यहरु यतिबेला बसकाे लामाे यात्रा गरेर बिराटनगर आइपुगेका छन् । बिराटनगरमा हलभित्र छिर्न प्रतिनिधि परिचयपत्र अनिवार्य गरिएकाे छ । प्रतिनिधि प्रत्येकसङ्ग २-२ हजार उठाईएकाे छ । केन्द्रीय सदस्यले २१ हजार,पदाधिकारीले थप खर्च ब्यहाेर्नु परेकाे छ । केही मान्छेलाई थाहै नदिई विभिन्न आयाेगकाे सदस्य मनाेनित गरिएकाे छ । आयाेगका सदस्यहरुले पनि २१ हजार तिर्नु पर्ने भएकाे छ । महङ्गाे लेबीकाे चर्काे आलाेचना भइरहेकाे छ ।
"सन्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले चौतारी अपेक्षा गरिएअनुरुप खरो भूमिकामा उत्रन नसकेको,लेखिनेभन्दा देखिनेको बाहुल्यता रहेको भनेर पूर्व प्रचार बिभाग प्रमुखका रूपमा २ घण्टा बोल्दा बझाङ,बाजुरा,दार्चुला भेगबाट ५० हजारसम्म खर्चेर आएका प्रतिनिधिहरु नेतृत्व छान्न नपाई फर्कने पिरलोमा हलबाहिर भौंतारिइरहेका देखिन्छन् । राई पक्षधर चाैतारीका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाई,गगन बिस्ट, गणेश बस्नेत बालुवाटारको आदेश भन्दै तैँ चुप,मै चुपकाे अवस्थामा छन् ।"
करिब ७० लाख खर्चेर सम्पन्न हुन गइरहेकाे महाधिवेशनमा निर्वाचन प्रकिया शुरु नै नगरी सिधै नेतृत्व घाेषणा गरिने सम्भावना बढेर गएकाे छ । अध्यक्ष मण्डलका संयाेजक भानुभक्त ढकालले ९ पदाधिकारीसहित ९९ सदस्यीय कार्यसमिति बनाउने घाेषणा गर्दै अहिले बिहान प्रत्येक प्रदेश ईन्चार्जलाई एकजना महिला सहित ४ जना सदस्यकाे नाम पेश गर्न निर्दशन दिएका छन्।
काे काे बन्दैछन् चाैतारीमा नेता !
निर्वाचन गराउन केही प्रतिनिधिले हल बाहिर ब्यानर नै राखेर हस्ताक्षर संकलन शुरु गरेका छन् । उक्त हस्ताक्षरमा बालकुमार नेपालदेखि माधव तिवारीसम्मले हस्ताक्षर गरी नेतृत्वकाे ध्यानकर्षण गराएका छन् ।
सन्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले चौतारी अपेक्षा गरिएअनुरुप खरो भूमिकामा उत्रन नसकेको,लेखिनेभन्दा देखिनेको बाहुल्यता रहेको भनेर पूर्व प्रचार बिभाग प्रमुखका रूपमा २ घण्टा बोल्दा बझाङ,बाजुरा,दार्चुला भेगबाट ५० हजारसम्म खर्चेर आएका प्रतिनिधिहरु नेतृत्व छान्न नपाई फर्कने पिरलोमा हलबाहिर भौंतारिइरहेका देखिन्छन् । राई पक्षधर चाैतारीका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाई,गगन बिस्ट, गणेश बस्नेत बालुवाटारको आदेश भन्दै तैँ चुप,मै चुपकाे अवस्थामा छन् ।
नेताहरुले महिला उपाध्यक्षमा लाेकशरी कुँवर र कृपा भण्डारीकाे नाम टिपेको गाईगुई छ । त्यसैगरी हिरामान लामा उपाध्यक्ष पदमा घाेषित हुँदैछन् ।
महासचिवमा चेतन अधिकारी र उपमहासचिवमा हरिबल्लभ नेपाल बालुवाटारकाे लिस्टमा अटाएका छन् । चार सचिवमा प्रदिप आचार्य,विक्रम लुईटेल, यसिमा महत,बिष्णु तारुकेकाे नाम टिपाेट भइसकेकाे छ । महाधिवेशनकाे औपचारिकता पूरा गरिसकेपछि आज राति अबेरतिर नेताहरुले नाम घाेषणा गर्ने सम्भावना छ ।
टिप्पणीहरू