अनि उड्डयनका कर्मचारी आक्रोशित

अनि उड्डयनका कर्मचारी आक्रोशित
सुन्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा बिहानैदेखि उनीहरुले धर्ना दिएका हुन् । 

उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्टै बनाउन सरकारले संसदमा पेश गरेको दुई विधेयकप्रति आपत्ति जनाउँदै कर्मचारी विरोधमा उत्रिएको बताइएको छ । 

प्राधिकरणका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष कोइरालाको नेतृत्वमा तीन दर्जनले धर्ना दिएका छन् । उनीहरुले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राखेका छन् । 

कर्मचारीहरुले ‘हवाई माफियाहरु होसियार’, ‘हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर’ भन्दै नारासमेत लगाएका छन् ।

टिप्पणीहरू