कार्यकर्तालाई बाघले झैँ झम्टिन प्रधानमन्त्री सल्लाह

कार्यकर्तालाई बाघले झैँ झम्टिन प्रधानमन्त्री सल्लाह

प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राजावादी हर्कतविरुद्ध जाइलाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

राष्ट्रिय युवा संघ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै उहाँले युवासँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो ।

देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा बाघले झम्टिएझैँ झम्टिनसमेत प्रधानमन्त्रीले कार्यकर्तालाई हौस्याउनुभएको छ । पहिलेको युथफोर्सजस्तै युवाहरुलाई व्यवस्था विरोधीका विरुद्ध सडकमा खटाउन उहाँले निर्देशन दिनुभयो । 

'हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिएझैँ झम्टन्छ', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।'

सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तालाई जवाफ दिइरहनुनपर्ने बताउनुभयो । 

ओलीले अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि विरोधीलाई अरिङ्गालले झै झम्टिन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

टिप्पणीहरू