सर्वोच्च पुगे कुलमान, आज रिट दर्ता भएन

सर्वोच्च पुगे कुलमान, आज रिट दर्ता भएन

आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । 

उनले वारेसमार्फत आज सर्वोच्चमा रिट पेश गरेका हुन् । कार्यालय समयपश्चात् रिट आएकाले दर्ता हुन भने नसकेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले बताए । 

जनआस्थासँग उनले भने,‘उहाँले वारेसमार्फत रिट पेश गर्नुभएको छ । कार्यालय समयपछि रिट आएकोले दर्ता हुन सकेन् । रिट अध्ययन गरेर भोलि दर्ता गर्छौं’ ।'

सोमबार साँझ बसेको क्याविनेट बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सरकारको उक्त कदमको विरोध गर्दै विभिन्न राजनीतिक दल, नागरिक समाज, संघ संस्था र व्यक्तिहरु स्वतस्फुर्तरुपमा हिजोदेखि सडकमा उतिएका छन् । 

कुलमानको बर्खास्तीको सत्तापक्षकै कतिपय नेताले विरोध गरिरहँदा विपक्षी दलले सदन अवरुद्ध पारेका छन् । प्रधानमन्त्रीले रोष्टममा उभिएर जवाफ नदिएसम्म सदन चलन नदिने उनीहरुले बताएका छन् ।  

आजपनि रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय परिसरबाहिर युवाहरुले प्रदर्शन गरे । प्रदर्शनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दिपक खड्काको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

टिप्पणीहरू