राजावादीहरुका जनकमाण्डर दुर्गा प्रसाईं

राजावादीहरुका जनकमाण्डर दुर्गा प्रसाईं

राजावादी समूहले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रसाईलाई उक्त जिम्मेवारी दिएको जनाएको छ । 

अबदेखि राजसंस्था पुनस्थापनाको आन्दोलनमा प्रसाईंले जनकमाण्डरको भूमिका निर्वाह गर्ने सुवेदीले जानकारी दिए । भोलि तीनकुनेमा हुने कार्यक्रमको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी गराएका हुन् । 

त्यस्तै, सुवेदीका अनुसार डा. धवलशमशेर राणाको नेतृत्वमा एक हजार एक सय ११ सदस्यीय जनआन्दोलन परिचालन समिति समेत गठन गरिएको छ ।

टिप्पणीहरू