राजावादी र गणतन्त्रवादी छुट्याउन बार

राजावादी र गणतन्त्रवादी छुट्याउन बार

समाजवादी मोर्चा र राजावादी समूहको जनसभालाई छुट्टयाउन प्रहरीले मीनभवन नजिकैको बागमती पुललाई ‘मिडप्वाइन्ट’ बनाएको छ । तीनकुने र शान्तिनगरको बीचमा रहेको पुलमा ठूलो बार तेर्साइएको छ ।

राजावादीहरुलाई रिङरोडबाट भित्र छिर्न नदिने प्रहरीको योजना छ । भने, भक्तपुर रुट हुँदै आउने जणतन्त्रवादीहरुको जुलुलाई कोटेश्वरबाट डाइभर्ट गरेर बालकुमारीबाट भित्र छिराइँदैछ । कुनै अप्रिय घटना हुन नदिन दुई समूहको जुलुसलाई भेट नै नगराउने प्रहरीको रणनीति छ । 

तीनकुनेको खाली मैदानमा राजावादीहरु जम्मा हुने क्रम जारी छ, भने गणतन्त्रवादीहरु पनि विभिन्न ठाउँबाट निस्केको जुलुससहित प्रदर्शनीमार्ग पुग्दैछन् । दुई समूहको प्रदर्शनले आज उपत्यकाका अधिकांश सडकमा यातायात प्रभावित भएका छन् ।

टिप्पणीहरू