प्रहरीमा एक सयबढी प्राविधिकलाई अवसर

प्रहरीमा एक सयबढी प्राविधिकलाई अवसर

नेपाल प्रहरीको प्राविधिकतर्फ नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, भर्ना छनौट शाखाले प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रावधानबमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

सूचनामा प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर), नायब निरीक्षक (सई) र सहायक निरीक्षक (असई)  पदमा एक सय चार जनाका लागि दरखास्त आह्वान गरिएको छ । जसमा इन्जिनियरिङतर्फ इन्स्पेक्टरमा ११ र असईमा ४५ जना मागिएको छ । 

त्यस्तै, स्वास्थ्यतर्फ इन्स्पेक्टरमा २२, सईमा १५ र असईमा आठ जना आवश्यक रहेको जनाइएको छ । केनाईनतर्फ इन्स्पेक्टर र असईमा एक–एक जना तथा हातहतियारतर्फ इन्स्पेक्टरमा एक नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ । 

इच्छुक योग्यता पुगेका व्यक्तिले यही चैत १८ गतेदेखि आगामी वैशाख १६ गतेसम्म अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू