दुर्गा प्रसाईहरु आन्दोलन छोडेर भागे, प्रदर्शनकारी उग्र

मेडिकल माफिया दुर्गा प्रसाईंलाई कमाण्डर बनाएर सडकमा उत्रिएका राजावादी समूहले चर्को अराजकता मच्याएको छ ।
काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीले प्रहरीलाई ढुंगामुढा गर्दै सर्वसाधारणका घरमा आक्रमण र आगजनीसम्म गरेका छन् । प्रहरीले घरको छतमा बसेर अश्रुग्यास फालेको भन्दै अराजक हुलले उक्त घरमा आगो झोसेको हो ।
झडपमा दर्जनौको संख्यामा राजावादी र केही प्रहरी घाइते भएका छन् । तीनकुने क्षेत्रमा अहिले प्रदर्शनकारीको भागभाग भएको छ भने दुर्गा प्रसाईलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर भर्खरै छोडेको छ । उनी आन्दोलन छोडेर भागेका छन् ।
राजावादीहरु भने आक्रोशित हुँदै नाराबाजी गरिरहेका छन् । प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरिरहेको छ ।
आन्दोलनकारी नेताहरु मञ्च छोडेर भागेका छन् । मञ्चमा रहेकाहरुले अन्नपूर्ण पोस्ट र कान्तिपुर दैनिकमा समेत आगो लगाउन निर्देशन दिएको स्थिति छ ।
टिप्पणीहरू