बानेश्वरदेखि पूर्व, जडिबुटीबाट पश्चिम क्षेत्रमा राति १० बजेसम्म कर्फ्यू

बानेश्वरदेखि पूर्व, जडिबुटीबाट पश्चिम क्षेत्रमा राति १० बजेसम्म कर्फ्यू

काठमाडौंका विभिन्न स्थानमा कफ्र्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर क्षेत्रमा आज राति १० बजेसम्मका लागि कर्फ्यूआदेश जारी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उत्तरमा गौशाला, पूर्वमा  जडीबुटी पुल, दक्षिणमा बालकुमारी पुल र गौशालदेखि बानेश्वर चोक हुँदै शंखमूल पुलसम्मको पूर्वी भेगमा कर्फ्यूआदेश जारी गरेका हुन् ।

राति १० बजेसम्म कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यूआदेश जारी गरिएको हो । राजावादीहरुको प्रदर्शन अराजक भएपछि उक्त आदेश भएको हो । कोटेश्वर तीनकुने क्षेत्रका विभिन्न घर र सवारी साधनमा आगजनी गरिएको छ ।

टिप्पणीहरू