बन्दुक खोसेका गोपालमाथि राज्यद्रोह र संगठित अपराधको मुद्दा

अस्ति तीनकुनेमा भएको आगजनी, तोडफोड र लुटपाट प्रकरणमा प्रहरीको बन्दुक खोसेका व्यक्तिको पहिचान खुलेको छ । रुपन्देहीको सैनामैना नगरपालिका घर भइ हाल काठमाडौँको तारकेश्वरमा बस्दै आएका ३८ वर्षीय गोपाल मल्ल आज भीमसेनगोलाबाट पक्राउ परेका हुन् ।
तीनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शनमा मल्ले सशस्त्र प्रहरी बलको टियर ग्याँस प्रहार गर्ने बन्दुक खोसेका थिए । उक्त घटनामा संलग्न भएका ४२ जनालाई विभिन्न कसूरमा मुद्दा दर्ताको तयारी गरिएको छ ।
टिप्पणीहरू