लैनचौरमा आमरण अनसन जारी

नेपाल स्काउटको प्रधान कार्यालय, लैनचौरमा अघिल्लो सातादेखि थालिएको आमरण अनसन आज पनि जारी छ । नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारी र पवन गुरुङ चैत १३ गतेदेखि चार बुँदे मागसहित आमरण अनसन बसेका हुन् ।
उनीहहरुले स्काउटमा भएको भ्रष्टाचार तथा अनियमितता छानबिनका लागि पटक–पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएपछि अनसनमा बसेको बताए । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटका निर्वाचित प्रमुख आयुक्तलाई बर्खास्त गरेको र आफू अनुकूलको व्यक्ति नियुक्त गरेपछि विवाद नयाँ मोडमा पुगेको हो ।
अनसनमा बसेका अधिकारी र गुरुङको स्वास्थ्य अवस्था कमजोर बनेको बताइन्छ ।
टिप्पणीहरू