संसद भवन घेर्ने, उत्तरपुस्तिका नजाँच्ने रणनीतिमा गुरुहरू

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै देशभरबाट काठमाडौँ ओहिरिएका शिक्षकहरु संसद भवन घेर्न कस्सिए । नेपाल शिक्षक महासंघको अगुवाइमा आज माइतीघरमा भेला भएका शिक्षकहरु संसद भवन घेराउका लागि जुलुससहित नयाँ बानेश्वरतर्फ लम्किएका हुन् । प्रदर्शनमा डेढ लाख शिक्षक सहभागी भएको महासंघको ठहर छ ।
हिजो ६ बुँदे निर्देशन जारी गर्दै शिक्षकहरुलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनिएको थियो । सो क्रममा परिचयपत्र बोक्न, बोटविरुवालाई नकुल्चिन, पानीको बोटलहरु जथाभावी नफाल्न महासंघले निर्देशन दिएको थियो ।
सरकारले माग सम्बोधन नगरे एसईईको उत्तरपुस्तिका समेत नजाँच्ने शिक्षकहरुको अडान छ । एक महिनाअघि पनि शिक्षकहरुले संसदको हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
तर, हिजोबाट अधिवेशन अन्त्य भइसकेको छ । अब विद्यालय शिक्षासम्बन्धी अध्यादेश ल्याइनुपर्ने शिक्षकहरुको माग छ ।
तस्बिरहरु
टिप्पणीहरू