राजावादीहरुले आगो झोसेको कार्यालयमा सरकारी टोली

राजावादीहरुले आगो झोसेको कार्यालयमा सरकारी टोली

राजावादी आन्दोलनकारीको हमलामा परेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको यथार्थ अवस्था बुझ्न सरकारी टोली आज त्यहाँ पुगेको छ ।  

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नेतृत्वको टोलीले आज बिहान लिमिटेडको स्थलगत अवलोकन गरेको हो । त्यसक्रमा मन्त्रीले आगजनीबाट भएको भौतिक क्षतिको निरीक्षण गरे । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ का सांसद सोबिता गौतमलगायत ११ जनाले पनि आजै त्यहाँको अवलोकन गरेको बताइएको छ । 

चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको राजावादी प्रदर्शन भड्किएर हिंसामा परिणत हुँदा सरकारी स्वामित्वको जडिबुटी प्रशोधन कम्पनी निशानामा परेको थियो । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको उग्र राजावादी भीडले एकाएक कम्पनीमा प्रवेशगरी आगजनी गरेका थिए ।

टिप्पणीहरू