संघीयताविरुद्ध रुन्चे डाँडामा रक्तिमको अभियान

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाको संघीयताविरोधी आन्दोलन सफल तुल्याउन सडक सांस्कृतिक अभियान शुरु गरिएको छ ।
सो पार्टीको जनसंगठन रक्तिम सांस्कृतिक अभियानले आज काठमाडौँका विभिन्न स्थानमा त्यस्तो कार्यक्रम गरेको हो । गौशालास्थित रुन्चे डाँडाबाट शुरु भएको सडक अभियान चावहिल चोक र सुकेधारा पनि गर्ने जनाइएको छ ।
रक्तिम साँस्कृतिक अभियानको अध्यक्ष गिरी प्रसाद बुढाको नेतृत्वको अभियान टोलीमा महासचिव हेमराज आश्रमलगायत २० जना कलाकार सहभागी छन् । राजमोले चैत्र २४ गतेदेखि संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन शुरु गर्दैछ ।
रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना हुने २४ गतेको कार्यक्रममा जनसहभागिता बढाउन र संघीयता विपक्षमा माहोल सृजना गर्न रक्तिमका कलाकारहरु सडक अभियान लिएर निस्किएका हुन् ।
टिप्पणीहरू