सभामुख दोहा हुँदै उज्बेकिस्तान जाँदै

सभामुख दोहा हुँदै उज्बेकिस्तान जाँदै फाईल फोटो

सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपियु) को १५० औं सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ । उहाँ नौ सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान सवा १० बजे कतार एअरवेजको उडानमा कतारको राजधानी दोहा हुँदै त्यसतर्फ जान लाग्नुभएको हो ।

उज्बेकिस्तानको राजधानी तासकन्तमा हुन लागेको सम्मेलनमा जाने टोलीमा राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र रास्वपा सांसद सोविता गौतम छन् । त्यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ पनि टोलीमा रहने बताइएको छ । 

संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्क राई,संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराईलाई पनि टोलीमा राखिएको छ ।

सभामुख चैत २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू