नेपालको सोह्रश्राद्ध, चीनको छिङमिङ

चीनमा प्रख्यात छिङमिङ महोत्सव मनाइएको छ । चिनियाँहरुले आफ्ना दिवंगत पितापूर्खाहरुको सम्झनामा मनाउने यो महोत्सव नेपालमा हिन्दुहरुले मनाउने सोह्रश्राद्ध जस्तै रहेको बताइन्छ । चिनियाँहरुले यो दिन दिवंगत पितापूर्खाहरुको अन्तिम संस्कार गरिएको चिहानको सरसफाईपछि उक्त स्थानमा श्रद्धाञ्जली अर्पण गर्छन् ।
सोही क्रममा हिजो राजधानी बेइजिङस्थित चाइना नेशनल बोटानिकल गार्डेन, दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको लुचााउ शहरको फेंगल टाउन, म्याकुन गाउँमा सर्वसाधारणले धुमधामका साथ छिङमिङ महोत्सव मनाएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
त्यस्तै चियाङ्सु प्रान्तको जुरोङ शहरको बैतु, चोङकिङ नगरपालिका, युयाङ तुजिया र मियाओ स्वायत्त काउन्टीको ताओहुआयुआनमा पनि पूर्खाहरुको सम्झनामा स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
टिप्पणीहरू