भारतबाट थप दुई नेता काठमाडौंमा

भगत सिंह कोश्यारी आज आउनु अगाडि भारतको बहुजन समाज पार्टीका दुई नेता नेपाल आएका छन् ।
पार्टी प्रवक्ता तथा भारत यात्रा ट्रष्टका अध्यक्ष सुधिन्द्र भदोरिया र नेता जावेद अहमदको हिजो दिउँसो आगमन भएको हो । इण्डिगो एअरबाट साढे १ बजे काठमाडौं आइपुगेका उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्ष प्रयोग गरेका थिए ।
पौने ३ बजे दुवै जना सुकेधारास्थित मेरकुयर होटल इन भएका छन् । नेपाली काँग्रेसका स्वर्गीय नेता गणेशमान सिंहको सम्झनामा गणेशमान सिंह प्रतिष्ठानले भोलि सोही होटलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनका लागि उनीहरु नेपाल आएको बुझिएको छ ।
टिप्पणीहरू