क्याबिनेट बैठक दुई घण्टा ढिलो, गभर्नर नियुक्तिमा विलम्ब

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सवा ५ बजेपछि बैठक प्रारम्भ भएको बताइन्छ ।
बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । निर्धारित समयभन्दा सवा दुई घण्टा ढिलो शुरु भएको बैठकमा विदेश गएका बाहेक अन्य मन्त्रीको उपस्थिति छ ।
बिहानसम्म आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने अनुमान गरिएको थियो । तर, सिफारिस समितिको बैठक नबसेकाले उक्त सम्भावना आजलाई टरेको हो ।
टिप्पणीहरू