तीनथरी जुलुस तीनतिर, ट्राफिक डाइभर्सन धेरैतिर

तीनथरी जुलुस तीनतिर, ट्राफिक डाइभर्सन धेरैतिर

राजधानीका विभिन्न स्थानमा आज तीन समूहले प्रदर्शन गर्दैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा प्रदर्शनको तयारी गरेको छ । माइतीघरदेखि बबरमहल सडकमा गत सातादेखि शिक्षक आन्दोलन जारी छ । 

सहकारी र लघुवित्त पीडितहरुले पनि शान्तिवाटिकामा प्रदर्शन गर्दै आएका छन् । छुट्टाछुट्टै स्थानमा तीन समूहको प्रदर्शन तथा आन्दोलनका कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुन थालेको छ । सवारी आवागमनलाई सहज बनाउन आवश्यकताअनुसार डाइभर्सनको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीको दाबी छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बल्खुमा हुने राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालीमाटी चोक–टेकू र कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुनामा सवारी साधन डाइभर्सन गरिएको छ । 
आवश्यक परेमा त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सितापाईला, चोभार, फर्पिङ, नख्खुदोबाटो र कोटेश्वर डाइभर्सन प्वाईन्ट थप गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुन गाडी लिएर आउने व्यक्तिहरुका लागि त्रिवि गेटदेखि चोभार सडक, सानेपा करिडोर सढक, चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सितापाइला–बाफल सडकमा पार्किङको व्यवस्था मिलाइएको छ । 

शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुको प्रदर्शनस्थलमा पनि आवश्यकताअनुसार डाइभर्सनको व्यवस्था मिलाइएको छ ।

टिप्पणीहरू