नेपाल यातायातका अधिकांश गाडीको प्रदूषण फेल

नेपाल यातायातका अधिकांश गाडीको प्रदूषण फेल

राजधानीमा गुड्ने नेपाल यातायातका अधिकांश सवारी साधन प्रदूषण मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । 

काठमाडौं महानगरपालिकाद्धारा गरिएको चेकजाँचका क्रममा यस्तो भेटिएको हो । महानगरले वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीसँगको सहकार्यमा आज टिकाथलीस्थित नेपाल यातायातको बस स्टपमा सवारी साधनको प्रदूषण चेकजाँच गरेको थियो ।

सो क्रममा दुई दर्जन गाडीको प्रदूषण ठिक नरहेको पाइयो । महानगरका अनुसार ३३ वटा सवारी साधनको प्रदूषण जाँच गरिएकोमा २४ वटाको फेल भएको छ भने बाँकी ठिकठाक अवस्थामा रहेको छ । प्रदुषण परीक्षण फेल भएका सवारी धनलाई पुनः मर्मत गरी सञ्चालनमा ल्याउने सहमति भएको जनाइएको छ ।

टिप्पणीहरू