भक्तपुरबाट फर्केर प्रधानमन्त्री सोझै बुटवल
प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको खरिपाटी जान लाग्नुभएको छ । उहाँ नेपाली सेनाको तालिम केन्द्रबाट फर्केपछि रुपन्देहीको बुटवल जानुहुने छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार १० बजे सेनाको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शनका लागि भक्तपुर जाने र दिउँसो साढे १ बजे सेनाको हेलिकोप्टरमा बुटवल पुग्ने कार्यतालिका छ ।
बुटवलमा एमालेले आज जागरण सभा आयोजना गर्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भने बुद्ध एअरको उडानमा सवा ११ बजे भैरहवा हुँदै बुटवल जाने कार्यक्रम छ । उहाँ साँझ साढे ५ बजे सोही उडानमा राजधानी फर्कने बताइएको छ ।
टिप्पणीहरू