दुर्गा प्रसाईलाई १ बजेभित्र काठमाडौं ल्याइँदै

दुर्गा प्रसाईलाई १ बजेभित्र काठमाडौं  ल्याइँदै

चैत १५ गते उपद्रव मच्चाएर भागेपछि हिजो भारतको आसामबाट समातिएका दुर्गा प्रसाईंलाई आज १२:१० बजे बुद्ध एअरको उडान नम्बर BHA 954 बाट काठमाडौं ल्याउन लागिएको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा छन्। 

काठमाडौं विमानस्थलबाट प्रहरी परिसर काठमाडौंले जिम्मा लिएपछि राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतबाट म्याद थपेर  थप अनुसन्धान अघि बढाइनेछ । १५ गते उनैको नेतृत्वमा भएको राजावादी प्रदर्शनमा भएको ४६ करोडको क्षति र दुई जनाको ज्यान जाने घटनाको निम्ति पनि उनलाई जिम्मेवार ठहर्याई सोहीबमोजिम सजायको मागदावी गरिने बुझिएको छ ।

"दुई देशवीच पशुचोरी र ओसारपसार नियन्त्रण गर्ने सम्झौता त छ तर मानव अपराधी एकार्काको देशमा गई लुकिछिपी बसेमा समातेर औपचारिक रुपमा सुपुर्दगी गर्ने सन्धि नहुँदा गुपचुप लिने दिने कारोवार गर्ने बाध्यता छ ।"

प्रहरी प्रधान कार्यालयअन्तर्गत बिशेष ब्युरोबाट खटिएको टोलीले उनलाई मेची सिमानामा आजै औपचारिक रुपमा भारतीय प्रहरीबाट बुझी लिएको हो । दुई देशवीच पशुचोरी र ओसारपसार नियन्त्रण गर्ने सम्झौता त छ तर मानव अपराधी एकार्काको देशमा गई लुकिछिपी बसेमा समातेर औपचारिक रुपमा सुपुर्दगी गर्ने सन्धि नहुँदा गुपचुप लिने दिने कारोवार गर्ने बाध्यता छ ।

यसैअनुरुप हिजो राती जनआस्थाले अनौपचारिक रुपमा हिजै पक्राउ परेको तर औपचारिक घोषणा आज मात्र गरिने भन्दै यससम्बन्धी कहीं कतैबाट जारी हुने खण्डनको नपत्याउन आग्रहसहित समाचार प्रकाशन गरेको थियो ।

टिप्पणीहरू