एअरपोर्टमा हत्कडी लगाइएका प्रसाईंले जहाजमा हात उठाए

चैत १५ गते तीनकुनेमा हिँसा मच्याएको अभियोगमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले जहाजबाट काठमाडौं ल्याउँदै छ ।
आज बिहान झापाको भद्रपुरबाट प्रहरी नियन्त्रणमा आएका उनलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । प्रहरीले प्रसाईंको दुवै हातमा हत्कडी लगाएर एअरपोर्ट पुर्याएको थियो । प्रसाई जहाज चढिसकेका छन् ।
तीनकुनेमा विध्वंस मच्याएर फिल्डबाटै फरार भएका उनी पूर्वी नाका हुँदै भारत पुगेका थिए । भारतीय प्रहरीले आसामबाट हिजो पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो ।
तर, प्रसाईंले विमान चढ्नेक्रममा आफैं गिरफ्तारी दिएको दाबी गरे । जहाज चढाउने बेला हत्कडी खोलिएपछि उनले यात्रुलाई हात हल्लाएका थिए ।
टिप्पणीहरू