सूर्य थापालाई सिध्याईदिन्छु भन्ने व्यक्ति लौरोमा

सूर्य थापालाई सिध्याईदिन्छु भन्ने व्यक्ति लौरोमा

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्यबहादुर थापा क्षेत्रीलाई म्यासेज पठाएर धम्की दिएको आरोपमा एक युवक समातिएका छन् । 

रुपन्देही सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले उक्त अभियोगमा आज पक्रेको हो । प्रधानमन्त्रीको पार्टीका नेता थापालाई उनले मध्यरातमा 'लाइफ अन थ्रेट क्यान्सल रुपन्देही' लेखेको धम्कीपूर्ण म्यासेज पठाएका थिए। 

ती व्यक्तिको राजनीतिक पृष्ठभूमि एमाले भए पनि पछिल्लो समय 'लौरो अभियान' को केन्द्रीय सदस्य रहेको बताइएको छ ।

थापाले समाजिक सञ्जाल फेसबुकमा सबै विवरण उल्लेख गरी पन्तलाई पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद भनेका छन् । पक्राउ परेका व्यक्तिको राजनीतिक पृष्ठभूमि एमाले भए पनि पछिल्लो समय 'लौरो अभियान' को केन्द्रीय सदस्य रहेको बताइएको छ ।

टिप्पणीहरू