१५–२० वर्ष अरुले आशै नगरे हुन्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र आफूलाई सिध्याउँछु भन्नेहरु कहिल्यै सफल नहुने दावी गर्नुभएको छ ।
बुटवलमा आज आयोजित जागरण सभालाई सम्बोधन गर्दै उहाँले आफू धेरै नबाँच्ने र आफूपछि अझ बलवान नेताहरु पार्टीमा आउने बताउनुभयो । “एमालेलाई सिध्याउँछु,केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन्,म धेरै बाँच्ने होइन, १५–२० बर्ष आशै नगरे हुन्छ, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन्,यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छौं । एमालेबिनाको अवस्था कल्पना नगरे पनि हुन्छ” – अध्यक्ष ओलीले भन्नुभयो ।
एमालेलाई सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको भन्दै उहाँले विकास र समृद्धिको यात्रा अब नरोकिने दोहोर्याउनु भयो । मान्छेका घर जलाएर, स्याउ सुन्तला चोरेर हुल्लडबाजी गर्ने, अनि कसैले जिम्मेवारी नलिने ?– राजतन्त्र फर्काउने नाममा गरिएको प्रतिगमनकारी आन्दोलनप्रति कटाक्ष गर्दै ओलीले भन्नुभयो –०७२ सालमा संविधान बनेपछि विकासले रफ्तार लिएको छ,केही नभएको होइन,भएको छ तर अझै गर्न धेरै बाँकी छ तर देश अस्थिरतामा गएकोले समस्या भएको सत्य हो,त्यही अवस्था चिर्न दुई ठूला दलले सहकार्य गरेको हो,सहमति गरेको हो ।
न्छेका घर जलाएर,स्याउ सुन्तला चोरेर हुल्लडबाजी गर्ने,अनि कसैले जिम्मेवारी नलिने ?
उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल दुवैको प्रशंशा गर्दै ओलीले पछिल्लो निर्वाचनमा विकासप्रेमी नेता पौडेलको कम मत आएकोमा यहाँका नेता,कार्यकर्ताले समीक्षा गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री हुँदा महासचिव पोखरेलले निकै राम्रो काम गरेको पनि उहाँले दावी गर्नुभयो ।
उपाध्यक्ष तथा उपप्रधानमन्त्री बिष्णु पौडेलले गणतन्त्रप्रति धावा बोल्ने प्रतिगामीहरु पहिलोपटक टाउको उठाउँदा परास्त भएको भन्दै फेरि पनि उनीहरुलाई परास्त गरिरहनुपर्ने बताउनु भयो । एमाले र पार्टी अध्यक्ष ओलीमाथि प्रहार गर्ने तत्वहरु सक्रिय भैरहेको भन्दै पौडेलले त्यसको नेतृत्व गौरवशाली इतिहास बोकेको लुम्बिनीले गर्ने जानकारी दिनुभयो ।
सभामा एमाले सचिव पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य,संघीय मन्त्री बलराम अधिकारी लगायतले पनि बोल्नुभएको थियो ।
टिप्पणीहरू