चीनको विवाह कानुनमा व्यापक सुधार
चीनले आफ्नो विवाह दर्ता कानुनमा संशोधन गरेको छ । कागजी प्रक्रिया छोट्याउँदै विवाहित जोडीलाई मुलुकभित्रका जुनसुकै स्थानमा दर्ता गर्न सकिने प्रावधान राखिएको छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पछिल्लो संशोधनसङ्गै नवविवाहित जोडीहरु विवाहमा आकर्षित हुने विश्वास लिइएको छ । यसअघि विवाह दर्ताको झमेलाका कारण पनि युुवा पुस्ता लिभिङ टुगेदरमा रमाउँदै आएको एक अध्ययनले देखाएको थियो ।
चच्याङ प्रान्तले विवाहित जोडीलाई १३ दिनको वैवाहिक बिदा दिने गरेको छ । सान्सी प्रान्तको लिउलिआङ शहरमा ३५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने महिलालाई १५ सय युआन दिइन्छ ।
त्यससम्बन्धी कानुनमा सन् २००३ पछि पहिलो पटक संशोधन गरिएको हो । यो नियम आगामी मे १० देखि लागु हुने छ । नयाँ प्रावधानअनुसार दुबै जनाको नागरिकता,विवाहको स्वःघोषणा पत्रमा हस्ताक्षर र जोडी तीन पुस्ते नातेदारभित्र नरहेको पुष्टि गर्ने कागजात भए चीनमा विवाह दर्ता गर्न सकिने छ । यसअघि उनीहरुको घर तथा आवास दर्ता पुस्तक आवश्यक पर्दथ्यो ।
नयाँ नियमपछि विवाहित जोडीका लागि विवाह दर्तामा समय र पैसाको बचत हुने सरकारी अधिकारीहरुको भनाई छ । विवाहप्रति उत्प्रेरित गर्न विभिन्न प्रान्त र शहरले आफ्नै नियम बनाएका छन् ।
चच्याङ प्रान्तले विवाहित जोडीलाई १३ दिनको वैवाहिक बिदा दिने गरेको छ । सान्सी प्रान्तको लिउलिआङ शहरमा ३५ वर्षभन्दा कम उमेरमा विवाह गर्ने महिलालाई १५ सय युआन दिइन्छ । पछिल्लो समय चीन सरकारले नवजात शिशुलाई उपलब्ध गराउने सेवामा बढोत्तरी गरेको छ । त्यसैगरी शिशु स्याहार केन्द्रको व्यापक बिस्तार भएको छ भने शिक्षा,आवास र रोजगारीमा पनि त्यत्तिकै सहजीकरणको नियम बनाइएको छ ।
टिप्पणीहरू