भारतीय वाणिज्य दूतावासमा तोडफोड
फोटो स्रोत: अष्ट्रेलिया टुडे
अष्ट्रेलियाको मेलबर्नस्थित भारतीय वाणिज्य दूतावास तोडफोड गरिएको छ । वाणिज्य दूतावासको मूल ढोकामा राखिएको साइनबोर्डमा क्षति पुर्याइएको छ ।
रातको समय गरिएको उक्त हर्कतपछि त्यहाँ रहेका भारतीय कूटनीतिज्ञ तथा तिनका परिवारसहित दूतावास सुरक्षार्थ प्रहरी खटेका छन् । अष्ट्रेलिया टुडेले जनाएअनुसार स्थानीय प्रहरी प्रवक्ताले मध्यरातको उक्त घटना भएको बताएका छन् ।
भारतीय वाणिज्य दूतावासमा क्षति पुर्याउने व्यक्ति,समूहबारे प्रहरीले अनुसन्धान थालेको तर आक्रमणको कारण हालसम्म पत्ता लाग्न नसकेको प्राप्त समाचारमा जनाइएको छ ।
टिप्पणीहरू