हिमालपारी पर्यटकको ओइरो

चीनको पठार क्षेत्रका रुपमा परिचित सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रमा पनि वसन्त यामपछि हिउँ पग्लेको छ । बोट बिरुवामा नयाँ पालुवासँगै यत्रतत्र फूल फुल्न थालेको छ ।
सिचाङको अन्य शहरमा झैँ निङ्ग्चीमा देखिएको रंगीचंगी फूलले पर्यटकलाई आकर्षित गरेको छ । पठार क्षेत्रको पर्यावरण र आर्थिक विकासलाई ध्यानमा राखेर गरिएका कतिपय कार्यले पर्यटनमा नयाँ रेकर्ड राख्न थालेको छ ।
"एक वर्षमा उक्त शहर पुग्ने पर्यटकको संख्या झण्डै २१ प्रतिशतले बढेको छ । यो अवधिमा दुई लाख आठ हजार ६०० पर्यटक त्यहाँ गएको समाचारमा उल्लेख छ ।
सिन्ह्वाका अनुसार गत वर्षको अप्रिलदेखि हालसम्म करिब एक वर्षमा उक्त शहर पुग्ने पर्यटकको संख्या झण्डै २१ प्रतिशतले बढेको छ । यो अवधिमा दुई लाख आठ हजार ६०० पर्यटक त्यहाँ गएको समाचारमा उल्लेख छ । यसबाट १५ करोड चिनियाँ युआन राजश्व आम्दानी भएको जनाइएको छ ।
टिप्पणीहरू