महिला सहकर्मीलाई हुलाकबाट वीर्यसहितको कण्डम उपहार

महिला सहकर्मीलाई हुलाकबाट वीर्यसहितको कण्डम उपहार

जापानी हुलाकका एक जना पुरुष कर्मचारी अचम्मको काण्डमा समातिएका छन् । प्रयोग गरिएको कण्डम खाममा हालेर हुलाकबाट महिला सहकर्मीलाई पठाएवापत उनी अस्तिदेखि प्रहरी हिरासतमा छन् ।

हुलाकका कर्मचारीले खामभित्र चिठीको सट्टा अचम्मको चिज राखिएको आशंका गरेपछि सुरक्षाकर्मीले तत्काल अनुसन्धान थालेका थिए । नेयागावाका ४३ वर्षे यासुहिरो नाकाजिमाले १५ किलोमीटर टाढाको ओसाकास्थित अर्को हुलाक कार्यालयमा रहेकी महिला सहकर्मीलाई त्यस्तो पार्सल पठाएका हुन् । 

जापानको निप्पोन टेलिभिजनका अनुसार प्रहरीले खाम बाहिरको हस्ताक्षर र खामभित्रको वीर्यको डिएनए परीक्षणपछि उनलाई पक्रेको हो । प्रारम्भमा आनाकानी गरेका उनले पछि ‘यौन आनन्द’को लागि त्यस्तो गरेको स्वीकारेका छन् ।

यासुहिरोले भनेका छन्, ‘मेरो यौन चाहनालाई आनन्दमा परिणत गर्न त्यसो गरेको हुँ । अरु कुनै उध्देश्य छैन ।’ उक्त समाचार सार्वजनिक भएपछि जापानमा त्यसरी उनको यौन चाहनाको समाधान कसरी भयो भन्ने बहस र चर्चा हुन थालेको छ ।

प्रहरीले ती पुरुषको निवासबाट त्यस्तै कन्डम हालिएका अरु दुई वटा खाम पनि फेला पारेको छ । अधिकारीहरुका अनुसार खामभित्र कन्डम हालेर पठाइएका घटना यसअघि पनि धेरै भएका थिए । ती घटनासँग पनि यासुहिरोलाई जोडेर हेर्न थालिएको छ ।

उता अष्ट्रेलियाको मेलबर्नमा पनि सन् २०२३ मा ६० जनाभन्दा बढी महिलाले आफ्नो घर ठेगानामा हस्तलिखित पत्रसहित खाममा प्रयोग भइसकेका कन्डम प्राप्त गरेका थिए । ती सबै सन् १९९० मा एउटै माध्यमिक विद्यालयका छात्रा थिए । कन्डम पठाउनेले उनीहरुको घर ठेगाना सोही विद्यालयको अभिलेखबाट प्राप्त गरेको अनुमान गरिएको थियो ।

टिप्पणीहरू