हावाहुरीले बिथोल्यो प्रधानमन्त्रीको प्रस्थान

हावाहुरीले बिथोल्यो प्रधानमन्त्रीको प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जानुभएको छ । उहाँ यती एअरको उडान नम्बर एनवाइटी ९२१ मा बिहान साढे ११ बजे काठमाडौंबाट त्यता प्रस्थान गर्नुभएको छ । उहाँको प्रस्थान यसअघि १० बजेलाई निर्धारित थियो । बिहान राजधानीको मौसममा आएको एक्कासी परिवर्तनका कारण  उडान विलम्ब भएको बताइएको छ । 

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाल र अन्य १८ जना एमाले नेता सोही उडानमा भद्रपुर गएका छन् । भोलि दिउँसो २ बजे यती एअरकै उडानमा काठमाडौं फर्कने कार्यक्रम छ । 

दमकको पशुहाटमा आयोजित जागरण सभालाई सम्बोधन गर्न उहाँ विमानस्थलबाट सोझै त्यहाँ जानुहुने छ । भोलि दिउँसो दमकस्थित सडक डिभिजन कार्यालयमा कम्प्युटर तथा प्यानल बोर्ड वितरण गर्ने र साढे १२ बजे गौरादहको नगर अस्पताल शिलान्यास गर्ने योजना छ ।

टिप्पणीहरू