पूर्व मन्त्राणीहरुका कारण दूतावास आजित !

पूर्व मन्त्राणीहरुका कारण दूतावास आजित !

पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका नेताद्वय डा. प्रकाशशशरण महत र एनपी साउदका श्रीमतीहरु नियमित रुपमा भारतको राजधानी नयाँ दिल्ली पुग्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासका कर्मचारीहरु हायलकायल भएका छन् । महत पत्नी बिना र साउद पत्नी ज्योत्सना अधिकारी केही समयदेखि ‘फ्रिक्वेन्ट फ्लायर’ र रेगुलर गेष्ट बन्न थाल्दा दूतावासलाई गाडीको प्रबन्ध र कर्मचारीको खटनपटनमा अप्ठेरो परेको गुनासो छ । 
 

गतवर्ष डा.महत अर्थ र साउद परराष्ट्रमन्त्री भएपछि थालिएको मन्त्राणीहरुको दिल्ली दौडको गति पछिल्लो समय ह्वात्तै बढेको छ । चाहे स्वदेश होओस् वा विदेश भ्रमण व्यक्तिको निजी मामला हो । तर, पूर्वमन्त्री पत्नीको हैसियतमा दूतावासका कर्मचारीहरु पटक पटक खट्नुपर्ने भएपछि कुरो एक कान दुई कान मैदान बनेको भन्नेहरु काँग्रेस पार्टीभित्रै छन् ।

बारम्बार नयाँ दिल्ली पुग्ने,प्रायः महँगो होटलमा बस्ने तर, भ्रमणको प्रयोजन नखुल्ने भएपछि दिल्लीस्थित नेपाली दूतावासबाट कुुरो परराष्ट्र र प्रधानमन्त्री कार्यालयसम्म पुगेको बताइन्छ ।

बारम्बार नयाँ दिल्ली पुग्ने,प्रायः महँगो होटलमा बस्ने तर, भ्रमणको प्रयोजन नखुल्ने भएपछि दिल्लीस्थित नेपाली दूतावासबाट कुुरो परराष्ट्र र प्रधानमन्त्री कार्यालयसम्म पुगेको बताइन्छ । द लीला प्यालेस होटलमा बस्ने उनीहरु औसत दुई महिनामा एक पटक पुग्ने र कम्तीमा एक हप्ता बिताउने गरेको दूतावास स्रोतको भनाइ छ ।

स्रोत भन्छ, ‘सल्लाह नै गरेझैं हामीलाई एकजना पाहुना सँधै जुर्ने गरेको छ । दूतावासको गाडीदेखि एकजना कर्मचारी निरन्तर खट्नुपर्छ । त्यो होटल दूतावासबाट टाढा रहेकाले गाडी र स्टाफको खटनमा निकै समस्या हुने गरेको छ ।’ दुवै जना पूर्व परराष्ट्रमन्त्रीका पत्नी र नेताकी अर्धाङ्गिनी भएकाले दूतावास सेवा पुर्याउनै पर्ने अवस्थामा छ । 

ज्योत्सनाको कार्यक्रम विश्व हिन्दू महासंघसँग सम्बन्धित छ । महत चाहिँ उपचारका लागि दिल्ली पुग्ने गरेकी छन् । गतवर्ष उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिर उद्घाटन समारोहमा धेरै नेपाली ज्योत्सनाको सिफारिसमा पुगेका थिए । त्यहाँ पूर्व प्रधानन्यायाधीशदेखि पूर्व आईजीपी,सचिवहरुको ठूलो दलबल पुगेको थियो ।

टिप्पणीहरू