कर्फ्यु लागेपछि वीरगञ्जमा तीन दर्जन पक्राउ

वीरगञ्जमा हिजो बेलुकीदेखि लगाइएको कर्फ्यु मध्यान्ह १२ बजेसम्मका लागि जारी छ । हिन्दू र मुसलमान समूहबीच भएको झडपपछि लगाइएको कर्फ्युमा पनि प्रहरीले ३६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कर्फ्युमा पनि हुल हुज्जत गर्न खोजेको, अपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्रेको हो ।
दुवै पक्षसँग वार्ताको तयारी गरिएको छ भने अवस्था सामान्यतर्फ गएको जनाइएको छ । हनुमान जयन्तीको शोभायात्रामा दुई समुदायबीच झडप हुँदा आधा दर्जन मोटरसाइकल र पसलमा आगजनी गरिएको थियो ।
वीरगञ्जको पूर्वमा भेडियाही चोक, वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल र महानगरपालिका–२५, उत्तरमा गण्डक चोक र महागरपालिका– १४ वडा तथा दक्षिणतर्फ शंकराचार्य गेट र वीरगंज महानगरपालिका– १६ को क्षेत्रमा कफ्र्यु लगाइएको छ ।
टिप्पणीहरू