१३ देशका राजदूतले इलाममा नयाँ वर्ष मनाउने

१३ देशका राजदूतले इलाममा नयाँ वर्ष मनाउने

काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु नेपाली नयाँ वर्षको पहिलो सूर्योदयमा रमाउन इलाम गएका छन् । १३ देशका राजदूत तथा कार्यवाहक राजदूतहरु श्रीमतीसहित बुद्ध एअरको उडानमा एकछिनअघि झापाको भद्रपुर ओर्लिएका छन् ।

परराष्ट्र मन्त्रालयको संयोजनमा आयोजित कार्यक्रमको संयोजक परराष्ट्र सचिव अमृत राई छन् । नायव शिस्टाचार महापाल प्रवीण भट्टराईसमेत रहेको टोली भद्रपुरबाट स्थलमार्ग हुँदै श्रीअन्तु पुग्ने छ । आज राति क्याम्प फायर र भोलि बिहान नयाँ वर्षको पहिलो बिहानी अवलोकन गर्ने कार्यक्रम राखिएको छ ।

डिप्लोम्याटिक रिट्रिट नामक उक्त कार्यक्रममार्फत विदेशी कूटनीतिज्ञहरुबीच पूर्वी नेपालको प्राकृतिक मनोरम संस्कृतिको सम्मिश्रण हुने विश्वास मन्त्रालयले लिएको छ ।

टिप्पणीहरू