रविलाई छुटाउने निकिताको रिट ढुंगानाको बेञ्चमा

रविलाई छुटाउने निकिताको रिट ढुंगानाको बेञ्चमा

भैरहवास्थित जिल्ला कारागारमा रहेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दायर गरेको रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको २ नम्बर इजलासमा पेशी चढेको रिट सूचीको ‘क’ मा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् भूतपूर्व उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत, तुल्सीपुर, बुटवल इजलासका न्यायाधीशद्धय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले थुनामा पठाउने आदेश गरेको थियो । 

एक करोड रुपैयाँ धरौटीमा छोड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै चैत २२ गते उच्चले थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध निकिताले गत शुक्रबार स्वयं उपस्थित भएर सर्वोच्चमा रिट दायर गरेकी हुन् । 

रिटमा उच्च अदालतको आदेश खारेजीको माग गरेकी छिन् ।

टिप्पणीहरू