ल क्याम्पसमा चुनाव दुई सातापछि
प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा आउँदो वैशाख दोस्रो साता स्ववियु निर्वाचन हुने भएको छ । वैशाख ८ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन गर्ने गरी निर्वाचन समितिले आज कार्यतालिका सार्वजनिक गरेको हो ।
गत चैत २७ गते उच्च अदालत पाटनले यथाशाक्य चाँडो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्य गर्न गराउन अन्तरिम आदेश जारी गरेको थियो । सोबमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गरेको समितिले जनाएको छ ।
कार्यतालिकाअनुसार वैशाख २ गते संघ, संगठन तथा समूह दर्ता गर्नुपर्ने छ । सोही दिन मतदाता सूची प्रकाशन, सोउपर दाबी विरोध गर्न सकिनेछ । वैशाख ३ गते दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्नुका साथै उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिनेछ ।
वैशाख ४ गते मनोनयनपत्र दर्ता, उम्मेदवारको नामावली प्रकाशन, सोउपर दाबी विरोध र त्यसको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने तालिका छ । वैशाख ५ गते भने उम्मेदवारले नाम फिर्ता लिन पाउने र अन्तिम नामावली प्रकाशन गरिने समितिले जनाएको छ ।
टिप्पणीहरू