सरकारले नसुनेको गुनासो पोखे पूर्वराजाले
पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिँसात्मक घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । भोलिदेखि शुरु हुने नयाँ वर्ष २०८२ को अवसरमा जारी भिडियो सन्देशमार्फत आफ्ना भनाइ राख्दै उहाँले नागरिक स्वतन्त्रता सबैभन्दा ठूलो भएको उल्लेख गर्नुभएको छ, ‘वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ ।’
टिप्पणीहरू