रविको कारागार बास निरन्तर

सर्वोच्च अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षमा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलाशले लामिछानेलाई थुनामा पठाउने आधार र कारणसहितको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।
रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पूर्पक्षमा पठाउन आदेश दिएको थियो । लगत्तै बूढानीलकण्ठस्थित हेपाली हाइटमा रहेको निवासबाट पक्राउ परेका र हाल जिल्ला कारागार भैरहवामा रहेका लामिछानेको तर्फबाट पत्नी निकिता पौडेलले सर्वाेच्चमा निवेदन दिएकी थिइन् । निवेदनमा लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गरिएको छ ।
निकिताको निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि आज न्यायाधीश ढुंगानाको इजलाशले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
टिप्पणीहरू